Incident Reports

धनुषामा नगरपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा मेयर र उपमेयर पक्षबीच झडप

2019-08-06

Madhes, Dhanusha, Hansapur

धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले गोप्यरुपमा नगरपालिकाको कार्यालय सारेपछि मेयर र उपमेयर बीचको विवादले उग्ररुप लिएको छ । मेयर मण्डल र उपमेयर रेणु झा पक्षबीच नगरपालिकाको कार्यालय सार्ने सम्बन्धी भएको विवादमा मंगलबार स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । सो झडपको क्रममा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएको छ ।

मेयर मण्डलले प्रहरी परिचालन गरी बघचौडामा रहेको नगरपालिकाको कार्यालयबाट सामाग्रीहरु लग्न खोजेपछि उपमेयर रेणु झाले कार्यालयको सामाग्रीहरु लग्न नदिने पक्षमा उभिएपछि स्थानीयवासीहरुले उपमेयर झालाई सहयोग गर्दै प्रहरीलाई कार्यालयको सामाग्रीहरु लग्न दिएको थिएन ।

प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षधरले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नम्बर २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

तपेश्वर मण्डल गम्भिर घाइते छन् भने उनको थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको जनाइएको छ । स्थानीयवासीका अनुसार हंसपुर नगरपालिकाको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरहरुले घरेलु हातहतियार बोकेर दुईवटा टयाक्टर सहित ५०–६० जनाको समूहमा आएको थियो । तर उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप अहिले पनि जारी नै छ ।

झडपले उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर मण्डल पक्षधरका स्थानीय ज्यान जोगाएर भागेपनि उपमेयर झा पक्षधरले उनको दुवै टयाक्टर नियन्त्रणमा लिएका छन् । उता प्रहरीले २ जना स्थानीयलाई नियन्त्रणमा लिएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छोडाउनका लागि प्रहरीलाई दवाव दिनका लागि ढुंगामुढा समेत गरेको थियो । त्यसपछि दुईतर्फी झडप भएको छ । झडपको क्रममा ६ जना स्थानियवासी र एक प्रहरी जवान समेत घाइते भएका छन् । त्यस्तै प्रहरीको भ्यान र एक सुमो टाटाको समेत शिशा फुटेको छ ।

झपड बढ्दै गएपछि तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । सो क्रममा प्रहरीले ३ अश्रुग्यास प्रहार समेत गरेको छ । यता, उपमेयर झाले मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरी गोप्यरुपमा कार्यालय सार्दा विवादले उग्ररुप लिएको बताइन् । उनले भनिन्– मेयर मण्डलले मानेनन्, आज आएर उनले बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र कार्यकर्ताहरु लगाएर आफ्नो कार्यालय लुट्न आएको थियो ।

हंसपुर नपाको केन्द्र सार्ने विषयमा महिनौँदेखि मेयर मण्डल र उपमेयर झाबीच विवाद चल्दै आएको छ । हंसपुरका मेयर र उपमेयर दुवै राजपाका नेता हुन् । मेयरले गोप्यरुपमा नगरपालिकाको कार्यालय बेल्ही चोकमा ल्याएर सञ्चालन गरेपनि उपमेयरले भने असहमति जनाउँदै साविकको स्थानमा कार्यालय राख्न र न्यायिक समिति सहितका विधान बमोजिम अधिकारका लागि मेयर मण्डलको कार्यको विरोध गर्दै आएको उपमेयर झाले बताइन् ।


.............

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवादपछि उत्पन्न झडपमा परी घाइते भएका हंसपुर नपा–२ बघचौराका ६७ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा भदौ १८ गते राति मृत्यु भएको छ ।

गत साउन २१ गते कार्यालय सार्न खोज्दा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणुदेवी झाको समूहबिच झडप भएको थियो ।

सोही झडपमा परी घाइते भएका मण्डल जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उपचारकै क्रममा भदौ १८ गते उनको मृत्यु भएको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्डेण्ट नागेन्द्रप्रसाद यादवले बताए ।

उनको मृत्यु भएपछि हंसपुर नगरपालिकाका उपमेयर झाका समर्थक स्थानीयले भदौ १९ गते दिउँसो अस्पतालमा आएर घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

यसैबिच इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, ओरेक धनुषा संयोजक रोजलिन बछार र थर्ड एलायन्सका प्रदेश संयोजक विनोदकुमार रविदासले अस्पतालमा पुगेर प्रर्दशनको अनुगमन गर्नुका साथै हंसपुर नगरापालिकाका स्थानीयसँग भेटी घटनाका बारेमा जानकारी लिएका छन् ।

उपचारमा संलग्न डाक्टर कामेश यादवले बायाँ गोडा भाँचिएकाले उपचारका क्रममा रहेका मण्डलको मृत्यु भएको बताए ।

घटनालाई लिएर आन्दोलन जारी रहेको र पोष्टमार्टमका लागि मृतक पक्ष नआएका कारण पोष्टमार्टम हुन नसकेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 5
National/Online Media , Local Newspaper - Dhanusha , INSEC , Local Newspaper - Morang , Local Newspaper - Saptari , Local Newspaper - Siraha

0 Comments

Related Trend Analysis