Incident Reports

राराब क्याम्पसमा तोडफोड

2019-08-05

Madhes, Dhanusha, Janakpur

राम स्वरुप राम सागर बहुमुखि क्याम्पस जनकपुरमा विद्यार्थीहरुले सोमवार परीक्षार्थीहरुले तोडफोड गरेका छन् । अचानक परीक्षा केन्द्र परिवर्तन भएको थाहा पाएपछि बिबिएस दोस्रो वर्षका परीक्षार्थीहरु क्याम्पसमा तोडफोड गरेका हुन् ।

परीक्षा दिन पुगेपछि केन्द्र परिवर्तन गरेको जानकारी क्याम्पसले दिएपछि विद्यार्थीहरु तोडफोडमा उत्रेका थिए । विद्यार्थीहरुले टेबल, कुर्सी तोड्फोड गरेका छन् । यस्तै केहि महत्वपूर्ण कागजात समेत च्यातिदिएका छन् । जनकपुरका आधा दर्जन क्याम्पसका परीक्षा केन्द्र राराबमा तोकेको थियो । बिबिएस दोस्रो वर्षका परीक्षार्थीहरु दुई विषयको परीक्षा पनि दिए ।

तर सोमवार एकाउण्ड विषयको परीक्षा दिन पुगेका विद्यार्थीलाई केन्द्र परिवर्तन भएको भन्दै क्याम्पसले फर्काउन लागे । त्यसपछि विद्यार्थीहरु आक्रोसित भएर प्रदर्शन गर्दै तोडफोड गरे ।

विद्यार्थीहरु तोडफोडमा उत्रेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए । सुरक्षाकर्मीहरु हस्तक्षेप गरी विद्यार्थीलाई क्याम्पस बाहर निकालेका थिए । त्यसपछि विद्यार्थीहरु प्रहरी प्रशासन विरुछ चर्का नारा लगाए । अचानक परीक्षा केन्द्र परिवर्तन गरेपछि विभिन्न क्याम्पसका सयौं विद्यार्थी परीक्षा दिनबाट बंचित भएका छन् ।

क्याम्पस प्रमुख बिरेन्द्र यादबले परीक्षा केन्द्र परिवर्तन भएको सूचना दुई दिन अगावै जारी गरेपनि विद्यार्थीहरु आक्रोसमा आएर तोडफोड गरेको बताए । उनले करिब १२ सय विद्यार्थीको केन्द्र तोकेपछि व्यवस्थापन गर्न गाहे हुँदा करिब ६ सय विद्यार्थीको परीक्षा केन्द्र सार्न लगाएको उनको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Youth Injured 00
Total damaged Buildings 1
Local Newspaper - Dhanusha

0 Comments