Incident Reports

भरुवा बन्दुक बरामद

2019-08-14

Madhes, Siraha, Golbazar, Ward 1

सिरहा- प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट आज भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरी टोलीलाई देख्नासाथ तत्काल नामथर वतन नखुलेका पुरुष व्यक्तिले लोड गरी बोकेको बन्दुक फ्याकेको अवस्थामा उक्त बन्दुक बरामद गरेको र ती व्यक्ति फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले फरार व्यक्तिको खोजतलास भइरहेको जनाएको छ।

 


National/Online Media

0 Comments