Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-12

Bagmati, Kabhrepalanchok, Panchkhal, Ward 4

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मण्डन देउपुर नगरपालिका-१० घर भई पाँचखाल नगरपालिका-४ शिखरपुर डेरा गरी बस्ने ३१ वर्षीय सुनबहादुर लामालाई साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले धम्की दिएर गत जेठ २३ गते बाट पटकपटक बलात्कार गरेको र पछिल्लो पटक साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले बतायो ।

घटनापछि आरोपितलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरी साउन २८ गते जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धन अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २६ गते धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनायो ।


इन्सेक प्रदेश ३ कार्यालय, काठमाडौँ


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , National/Online Media , Local Newspaper - Chitwan

0 Comments