Incident Reports

टेण्डर रद्ध गर्न माझी समुदायको माग

2019-08-13

काभ्रे : काभ्रेको भुम्लु गाउँपालिकाले सुनकोसी नदीमा ढुंगा गिट्टी उत्खनन गर्न टेण्डर आव्हान गरेपछि स्थानीय माझी समुदाय बिरोधमा उत्रिएका छन्। बगरमा बालुवा चालेर दैनिकी निर्वाह गर्दै आएका माझी समुदायले आफ्नो परम्परागत पेशा मासिने भन्दै गाउँपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन्।

‘माझी इम्पावरमेन्ट युथ एसोसियन नेपाल जिल्ला समिति’ले मंगलबार टेण्डर रद्ध गर्न माग गर्दै बिरोध प्रर्दशन समेत गरे। भुम्लु गाउँपालिका वडा नम्बर १, ६, ७, ८ र १० का सयौँ माझीले नारा लगाउँदै दोलालघाट बजार परिक्रमा गरि र्‍यालीसहित गाउँपालिका पुगेर अध्यक्ष गुमानध्वज कुँवरलाई ज्ञापन पत्र बुझाएका थिए।

माझी समुदायको माछा मार्ने र डुँगा खियाउने पेशा लोप भएपछि पछिल्लो समय नदीको बगरमा बालुवा चालेर गुजारा गर्दै आएको स्थायीन सुरेन्द्र माझीले बताए। ‘अब सरकारले बालुवा चाल्न पनि नदिने तयारी गरेपछि बिरोध गरेका हौं’, उनले भने, ‘माझी समुदायको प्राकृतिक स्रोत र साधनमाथिको हक अधिकार हनन् भएको छ।’

माझी इम्पावरमेन्ट युथ एसोसियन नेपालका केन्द्रीय अध्यक्ष जीवन माझीले गाउँपालिकाले बगरमा टेण्डर लगाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा माझी समुदाय रहेको बताए। ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष कुँवरले माझी समुदायको कुरालाई कार्यपालिकाको बैठकमा लैजाने र उचित निर्णय लिने बताए। ‘गाउँपालिकाले केही वडामा टेण्डर खुलाएको छ’, उनले भने, ‘यो निकालिसकेको टेण्डर रद्ध गर्न समस्या छ।’ भुम्लु गाउँपालिका वडा नम्बर १, ६, ७, ८ र १० मा माझी समुदायको बाक्लो बसोबास छ।

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments