Incident Reports

नेकपा सचेतक ढकालको घरमा बम प्रहार

2019-08-15

Lumbini, Rupandehi, Sainamaina, Ward 7

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा शुक्रबार बिहान साढे २ बजेतिर पेट्रोल बम प्रहार भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराइले जानकारी दिए।बम प्रहारबाट ढकालको घरमा सामान्य क्षति भएको छ भने उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारको पछाडि क्षति भएको डिएसपी भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईलेले घटनाबारे  थप अनुसन्धान भइरहेको बताए।विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए। सचेतक ढकाल भने बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। विप्लव समूहले बम बिस्फोट गराएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Kaski , Local Newspaper - Rupandehi

0 Comments