Incident Reports

घरायसी झगडाले श्रीमतीको हत्या

2019-08-16

Madhes, Parsa, Kalikamai, Ward 5

पर्सा - पर्सामा घरायसी झगडाले एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । कालिकामाई–५ मा ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको  जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकाे छ। घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मी फरार भएपछि प्रहरीले खाेजी गरिरहेकाे छ।

मुक्तिले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए। सिंहले भने, ‘सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको छ ।’ कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Siraha , Local Newspaper - Parsa

0 Comments