Incident Reports

‘आरक्षणको बचाउ’मा लाठी जुलुस

2019-08-17

Province 1, Khotang, Halesi Tuwachung

खोटाङ– ‘आरक्षणको बचाउ’मा खोटाङमा लाठी जुलुस निकालिएको छ। वर्तमान संविधानमा समानुपातिक समावेशिता सम्बन्धी व्यवस्था भए पनि संविधानको मर्म र भावना विपरित लोकसेवा आयोगको विज्ञापन खुलाएर आरक्षणको व्यवस्था हटाइएको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको अगुवाईमा शनिबार लाठी जुलुस निकालेको हो।

दिक्तेलको रत्नपार्कस्थित किरातचोकबाट सुरु गरिएको लाठी जुलुस संगमपार्क, त्रिबेणीचोक हुँदै हाटडाँडा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रमलाई अपांग सेवा संघका अध्यक्ष पृथी जिम्बा, दलित एकता मञ्चका दिपक ठटाल, बुद्धिजिवीकातर्फबाट धनीराम राईले सम्बोधन गरेका थिए। उनीहरुले नेपालको संविधान २०७२ को अक्षरस अध्ययन गरी समानुपातिक समावेसी सिद्धान्तलाई व्यवहारमा लागु गर्न हाम्रो आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष हात्तीराम राईले समानुपातिक समावेसी अन्तरगत असंवैधानिक लोकसेवा आयोगको परीक्षाहरु तत्काल बन्द गरी संविधानसम्मत तरिकाले परीक्षा सञ्चालन गर्न सरकारको ध्यानकर्षण गराए।

लोकसेवामा आदिवासी जनजाति, दलित, महिला, मधेसी, अपाङ्ग, पिछडिएको क्षेत्र र वर्गका समुदायलाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने मागमा आदिबासी जनजातीले आन्दोलन गर्दैआएका छन्। आरक्षणको बचाउमा जनजाति महासंघको नेतृत्वमा दिक्तेलमा परम्परागत हातहतियार सहितको जुलुस, उल्टो जुलुस लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments