Incident Reports

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

2019-08-15

Gandaki, Baglung, Jaimuni, Ward 7

जैमिनी नपा–७ जैदी व्यार्थला मैदानमा रहेको एनसेल टावरमा साउन ३० गते राति अज्ञात पक्षले आगो लगाएपछि सो क्षेत्रको टेलिफोन सेवा अवरूद्ध भएको छ ।

टावरमा आगो लागेपछि ब्याट्री र तारहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

घटनाका बारेमा साउन ३१ गते बिहान स्थानीयले प्रहरीलाई खबर गरेपछि आगो लागेको स्थानमा इलाका प्रहरी कार्यालय, बरेङ डाँडाको प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गरिरहेको एसपी भट्टले जानकारी दिए ।

एनसेल सेवा मात्र रहेको सो क्षेत्रमा टावरमा आगो लागेपछि टेलिफोन सेवा पूर्ण रूपमा ठप्प भएको छ ।


सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments