Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-08-16

Bagmati, Dhading, Netrawati

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रावती डबजोङ गाउँपालिका–२ का २० वर्षीय सगुन गुरुङलाई सााउन ३० गते गिरफ्तार गरेको छ ।

 बोलाइसम्बन्धी अपाङ्गता भएकी पीडित बालिकालाई आरोपितले ०७५ फागुनको दोश्रो हप्तातिर यौन दुर्व्यवहार गरेको र बालिका बोल्न नसक्ने भएको कारण घटनाबारे तत्काल जानकारी हुन नसकेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ३० गते उजुरी दिएको उक्त कार्यालयका डिएसपी रुपक खड्काले बताए ।

 पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

 पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३० गते जिल्ला अस्पताल धादिङमा गरिएको प्रहरीले जनायो ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments