2019-08-16
Sudurpashchim, Kanchanpur, Shuklaphanta, Ward 9
१ भदौ, कैलाली । कञ्चनपुरकी एक किशोरी सामूहिक बलात्कारमा परेकाे आरोप परिवार र स्थानीयले लगाएका छन् । शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन् ।
इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा पक्रेको हो । अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए ।
इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताइरहँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर भने अनभिज्ञ छ । उसले अहिलेसम्म किशोरी बलात्कृत भएको जानकारी नआएको बताएको छ ।
कञ्चनपुर यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको १ वर्षसम्म दोषी पत्ता नलाग्दा प्रहरी प्रशासनको कडा आलोचना हुँदै आएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19