Incident Reports

शिशुसहित महिलाको हत्या गरिएको आशङ्का

2019-08-16

Lumbini, Dang, Tulsipur, Ward 8

तुलसीपुर उपमनपा–८ अश्वारास्थित झाडीमा मृत भेटिएका नवजात शिशु र २५ वर्षको जस्तो देखिने महिलाको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

साउन ३२ गते दिउँसो गोठालो गएका महिलाहरूले सडेको अवस्थामा शव भेटेपछि प्रहरीले शव उठाउन जाँदा महिलासँगै नवजात शिशुको शव समेत फेला पारेको थियो ।

कालो कुर्ता, कालो ब्लाउज र रातो रङको चप्पल लगाएकी महिलाको साथमा कपडासहितको रातो व्याग पनि भेटिएपनि पहिचान खुल्ने कुनै बस्तु फेला नपरेको महिलाको अनुहार सडिसकेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालयका तुलसीपुरका इन्स्पेक्टर भिमबहादुर कार्कीले जानकारी दिए ।

सडेको शवमाथि शिशुको शव रहेको र त्यसमाथि स्याउलाले ढाकेको पाइएकाले कसैले हत्या गरी फालेको हुनसक्ने भन्दै अनुसन्धान थालिएको प्रहरीले बतायो ।

दुवै शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र शव सडिसकेकाले पोष्टमार्टम अझै हुन नसकेको प्रहरीले जनायो ।


जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
INSEC , Local Newspaper - Dang

0 Comments