Incident Reports

गाउँपालिकाबाट प्रवाह हुने सेवा तीन सातादेखि अवरूद्ध, सेवाग्राही मर्कामा

2019-08-01

Bagmati, Ramechhap, Likhu

गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यबिच भएको विवाद टुङ्गोमा नपुग्दा लिखु तामाकोशी गाउँपालिकाले प्रवाह गर्ने सेवा तीन सातादेखि अवरूद्ध भएको छ ।

गत साउन १६ गते भएको गाउँ कार्यपालिका बैठकमा छलफलको क्रममा गाउँपालिका अध्यक्ष ४५ वर्षीय गोविन्दबहादुर खड्काले सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय भुपेन्द्र राई तथा वडा नं ७ का वडा अध्यक्ष ३६ वर्षीय सुवास बोहोरालाई कुर्सीले आक्रमण गर्न खोजको भन्दै कार्यपालिका बैठक रोकिएको थियो ।

विद्युत लाइन विस्तारको क्रममा १२ करोड रुपियाँभन्दा बढी खर्च भएको भन्दै गाउँपालिका अध्यक्ष गोविन्द खड्काले गत वर्षविनियोजन गरेको रकमबाट थप ६ करोड रुपियाँ अपुग भएकाले रकम छुट्याउन गाउँ सभामा प्रस्ताव लगेपछि विवाद भएको थियो ।

विवादपछि बैठक रोकिएपछि गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र प्रमुख प्रशासकीय अधिकृत राईले आफूहरू अध्यक्षबाट असुरक्षित भएको भन्दै कार्यालयमा उपस्थित भएका छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत Khराइले आफू असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी समेत दिई जिल्ला सदरमुकाम मन्थलीमा बस्दै आएका छन् ।

घटनापछि काठमाडौँ गएका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई धम्क्याएर २ करोड रुपियाँ माग गरेको आरोपमा प्रहरीले ०७६ साउन २४ गते सोही गाउँपालिका-७ का विजय लामा र अमृत तामाङलाई गोली हानी काठमाडौँको स्वयम्भुबाट गिरफ्तार गरेको थियो ।

सो घटनामा वडा अध्यक्ष बोहोरा र उपाध्यक्ष दाहालको समेत हात रहेकोले आफू असुरक्षित भएको भन्दै गाउँपालिका अध्यक्ष खड्का पनि गाउँ फर्किएका छैनन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत समेत २२ दिनदेखि गाउँपालिकामा नहुँदा स्थानीय सेवाग्राहीले गाउँपालिकाबाट पाउने सेवा पाउन नसक्दा सर्वसाधारणको काम तथा विकास निर्माणका काम समेत प्रभावित भएको स्थानीय हेमन्त पौडेलले बताए ।

लिखु तामाकोशी गाउँपालिकाको सो वडामा विवादको क्रममा अध्यक्षले आक्रमणको प्रयास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष र ६ जना वडा अध्यक्ष सहित १० जना कार्यपालिका सदस्यले गत साउन १७ गते पत्रकार सम्मेलन गरेका थिए ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments