2019-08-17
Sudurpashchim, Achham, Mangalsen
१ भदौ, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्याई सकिएको छैन ।’
अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले पक्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’
अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट… … … …’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।
विकविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Issues related to freedom of expression and civil rights |
Secondary Cause | Freedom of Expression |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD