Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2019-08-14

सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय फुपाजुविरूद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ ९ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले डरत्रास देखाएर साउन २९ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालले बताए ।

यसअघि पनि आरोपितले पैसा, चाउचाउ दिई, डरत्रास देखाई बाँसघारी, मकैबारी, खोल्सीमा लगेर बलात्कार गर्ने गरेको पीडितले बताएकी छिन् । आरोपित फरार भएकाले गिरफ्तार गर्न नसकिएको तर उजुरी दर्ता गरिएको इन्स्पेक्टर बस्यालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ३१ गते नै गरी आरोपितको खोजी कार्य गरिरहेको इन्स्पेक्टर बस्यालले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments