Incident Reports

जीर्ण सडक मर्मतको माग गर्दै वीरगञ्जमा प्रदर्शन

2019-08-26

Madhes, Parsa, Birgunj

१० भदौ, वीरगंज । जीर्ण सडक मर्मतको माग गर्दै वीरगञ्जमा मंगलबार साँझ प्रदशर्न भएको छ ।

नेपाल विद्यार्थी (नेवि )संघसँग आवद्ध युवा विद्यार्थीले सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढेको भन्दै वीरगंजको श्रीपुरमा प्रदर्शन गरेका हुन ।

विरोधको क्रममा उनीहरुले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको विरोधमा नाराबाजी समेत गरेका थिए ।

विरोध प्रदर्शनका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजको मुख्य सडकमा सवारी आवागमन ठप्प हुँदा केहीबेर सवारीको जाम लागेको थियो ।

वीरगंजको मुख्य बजार क्षेत्र हुँदै निस्केको सडक जीर्ण छ । विशेषगरि पावरहाउसदेखि घण्टाघर र छपकैयादेखि मितेरी पुलसम्मको सडकखण्डको अवस्था राम्रो छैन ।

मुख्य सडक जीर्ण हुँदा पनि मर्मत नगरी सरोकारवाला मौन बसेकोले विरोध गर्नुपरेको नेवि संघ पर्साका सचिव समिर मन्सुरीले बताए ।

वीरगञ्जकै जितेन्द्र पटेलले सडकको दुराअवस्थाका कारण विरामीलाई एम्बुलेन्समा अस्पताल लैजाँदा समेत बाटोमै ज्यान जाने हो कि भन्ने डर रहेको बताए ।

पछिल्लो दुई बर्षमा दुईपटक यो सडक टालटुल भईसकेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments