Incident Reports

प्रहरीले शारीरिक यातना दिएको आरोपमा जिल्ला प्रशासनमा ज्ञापनपत्र

2019-08-26

टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भदौ ९ गते खाँदबारीमा कार्यक्रम गर्न लागेको आरोपमा प्रहरीले गिरफ्तार गरेका तीन जनालाई डिएसपीले कुटपिट गरेको भन्दै स्थानीयले आरोपितमाथि कारवाही गर्न माग गर्दै भदौ १० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

कार्यक्रम गर्न लागेको आरोपमा खाँदबारी नपा-१ का २५ वर्षीय सेवक बजगाई, ३९ वर्षिय दीपेन्द्र कार्की र ४३ वर्षीय रमोद श्रेष्ठलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको थियो ।

हिरासतमा डिएसपी मिमबहादुर लामाले मुक्का र लात्तीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । भदौ १० गते मध्यान्ह प्रहरीले रिहा गरेको पीडित सेवकले बताए ।

सुरक्षा दिनुपर्ने बाटै असुरक्षित भएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

शान्तिपूर्ण विरोध गर्न नदिई हिरासत राखेर कुटपिट गरेकाले दोषीलाई कारवाही माग गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई ज्ञापनपत्र बुझाइएको वाणिज्य सङ्घले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ दुलालले आरोपित र पीडित पक्षबीच भदौ १० गते छलफल गराई समस्या समाधान गर्ने बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 1
INSEC

0 Comments