Incident Reports

स्वास्थ्यकर्मीमाथि कुटपिट, घटनाको विरोधमा स्वास्थ्यकेन्द्रमा तालाबन्दी

2019-08-26

Province 1, Terhathum, Aathrai

प्राथमिक स्वास्थ्य केन्द्र आठराईका स्वास्थ्य सहायक रोशनकुमार नायकलाई कुटपिट गरेको विरोधमा स्वास्थ्यकेन्द्रमा भदौ ९ गतेदेखि तालाबन्दी गर्दा सेवाग्राही मारमा परेका छन् ।

कार्यालयमा काम गरिरहेको अवस्थामा भदौ ८ गते स्थानीय दिपेश थपलियाले स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक नायकलाई कुटपिट गरेको विरोधमा स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्दा सेवाग्राही मारमा परेका हुन् ।

स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले कुटपिट घटनाका दोषीलाई कारवाही नहुञ्जेल प्राथमिक स्वास्थ्य केन्द्र बन्द रहने सूचना टाँस गरी भदौ ९ गतेदेखि सेवा प्रवाह बन्द गरेका हुन् ।

आठराई गाँउपालिकाका अध्यक्ष विष्णुविक्रम सुब्बाले फरार आरोपितको खोजी भइरहेको र आन्दोलित स्वास्थ्यकर्मीसँग समन्वय गरी सेवा प्रवाह गर्ने सुचारू गर्ने बताएका छन् ।

स्वास्थ्यकर्मी कुटपिट गर्ने आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारले जनाएको छ ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १, मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

भगिश्वर लिम्बु

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments