Incident Reports

वीरगञ्जका मेयरविरुद्ध राजपाको प्रदर्शन

2019-08-28

Madhes, Parsa, Birgunj


११ भदौ, वीरगञ्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार वीरगञ्ज महानगरपालिकाका मेयर र जनप्रतिनिधिविरुद्ध प्रदर्शन गरेका छन् ।

राजपाको नगरस्तरीय समितिले मेयर विजय सरावगीले चुनाव जितेलगत्तै महानगरपालिकाबाट सेवा सुविधा नलिने घोषणा गरे पनि त्यसो नगरेको भन्दै आलोचना ग¥यो ।

लिदिन भन्दा भन्दै लिए मेयरले करोडौंको कार

विर्से यिनले आफ्नो विचार

आज होइन भोलि गर्छु भन्छन् विकास

यही भन्दै गर्दैछन् व्यापक भ्रष्टाचार

निर्वाचन भएको दुई वर्षसम्म लामखुट्टे, छाडा पशु चौपाया नियन्त्रण गर्न नसकेको, गायत्री महायज्ञको हिसाब सार्वजनिक नगरेको, सफाइमा सुधार नआएको, अन्य विकासका काम समेत नभएको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै राजपाले प्रदर्शन गरेको हो ।

विरोध र्‍यालीमा नगर लामखुट्टेको टाउकोमा मेयरको टाउको राख्ने, छाडा पशु चौपायालाई नयाँ नियुक्त गरिएका नगर प्रहरीको संज्ञा दिने जस्ता व्यंग्यात्मक चित्रसहितका पोष्टर ब्यानर प्रयोग गरिएको थियो । विरोध र्‍यालीका सहभागीले मेयरविरुद्ध पनि नाराबाजी गरेका थिए ।

‘सानालाई ऐन ठूलालाई चैन, बढाइ कर सुतेका छन् मेयर, बन्द गरी नयन’ ‘वीरगञ्ज महानगर भ्रष्टाचार र अनियमितताले हुँदैछ ग्रस्त, जनप्रतिनिधि सुविधा र कर बढाउनमै मस्त’ धर्मको नाममा पनि व्यापारलगायतका नारा लेखेका व्यानर सहभागीले बोकेका थिए ।

रातो बंगला परिसरबाट निकालिएको र्‍याली, घण्टाघर, माईस्थान, आदर्शनगर हुँदै वीरगञ्ज महानगरपालिकामा पुगेको थियो । महानगरपालिकामा उनीहरुले नगर प्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा प्रदेश नं २ को एक मात्र महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जनताको सामान्य सुविधामा समेत चासो नदिएको, साना ठूला योजना अलपत्र परेको, शिक्षामा हस्तक्षेप गरेर धरायशी बनाएको, कर वृद्धि गरेर जनतामाथि भार थप्नुको साथै सार्वजनिक सम्पत्ति सुरक्षा नगरेको उल्लेख गरिएको छ ।

जनप्रतिनिधि निर्वाचित हुनुअघि कर्मचारीले गरेका कार्यको जति कामसमेत गर्न नसकेको अवस्थामा आफ्ना लागि महंगो गाडी किनेको, विकासका काममा लापरबाही गरेको भन्दै राजपाले असन्तुष्टि जनाएको छ ।

नगरबासीको हित अनुकुल काम कारबाही र परिणममुखी परिवर्तनको माग पूरा नभए अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी ज्ञापन पत्रमा छ ।

राजपाको केन्द्रीय सदस्य रम्भा मिश्रले महानगरपालिकामा जनप्रतिनिधि आएपछि विकासका लागि सिन्कोसमेत भाँच्न नसकेको आरोप लगाइन्. ।

राजपाकै सहमहासचिव नेजामुद्दिन समानीले जुन उद्देश्यले स्थानीय चुनाव गरिएको हो, त्यो पूरा हुन नसकेको बताए ।

दुई वर्षमा जनप्रतिनिधिले गोजी भर्ने बाहेक अरु केही काम नगरेको आरोप पार्टीका महासचिव राजेशमान सिंहले जनाए ।

‘नट पनि बेला बेलामा खोलिएन भने खिया लाग्छ । जाम हुन्छ । पछि हम्मरले हानेर खोल्नुपर्छ’ उनले भने ‘अहिले हामीले नट खोल्ने काम गरेका छौं, कमकमजोरी हटाएर अघि बढेनन् भने अझै कडा रुपमा प्रस्ततु हुन्छौं’ नेता सिंहले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments