Incident Reports

१६ वर्षमै बिहे गर्न पाउनुपर्ने मागसहित जुलुस

2019-08-28

Lumbini, Banke, Nepalgunj

१६ वर्षमा नै विवाह गर्न पाउनुपर्ने माग राख्दै नेपालगञ्जमा जुलुस निकालिएको छ । जुलुस बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधबार नेपालगन्जको धम्बोझी चोकबाट निस्केको हो । उनीहरुले १६ वर्षमा सन्तानको बिहे गर्न पाउनुपर्ने माग राख्दै नगर परिक्रमा गरेका हुन् । जुलुसमा महिलाहरु नाबालक सन्तानसहित आएका थिए । उनीहरुले नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए । 

जुलुसका अगुवा मिश्रले भने, ‘हामीले जिल्ला प्रशासन, नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थियौं । हाम्रो मागबारे सरकार किन मौन छ भनेर थप दवाव दिन जुलुस निकालेका हौं ।’ मधेसी समुदायले १६ वर्षमा बिहे गरे पनि ३ वर्षपछि गौना र त्यसको थप एक वर्षपछि थौना गरेपछि मात्र बेहुली केटाको घरमा जाने चलन छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments