Incident Reports

सञ्चारमन्त्री बाँस्कोटालाई ‘बिग्रेको रेडियो’ उपहार

2019-08-29

डोटी । नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ।

राजनीतिक पूर्वाग्रहले प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरू सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्काशन गरेको विरोधमा आन्दोलित बनेको डोटी शाखाले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमार्फत बिग्रेको रेडियो उपहार पठाएको हो ।

रेडियो नेपाललाई राजनीतिक आस्थाका आधारमा हस्तक्षेप गरी बिगार्ने काम गरेको आरोप लगाउदै विरोध स्वरुप बिग्रेको रेडियो पठाएको शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए । वर्तमान सरकारले राजनीतिक आस्थाकै आधारमा अनुचित रुपमा रेडियो नेपालमा हस्तक्षेप गरिरहेको उनको आरोप छ । उनले यस कदमले लोकप्रियता कमाएको प्रदेश प्रशारण केन्द्र दिपायल विवादमा तानिएको भन्दै चिन्ता व्यक्त गरे ।

उक्त रेडियो रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलका प्रमुख बौएलाल चौधरीलाई हस्तान्तरण गरिएको छ । रेडियो बुझेपछि चौधरीले सो रेडियो सम्बन्धित ठाउँमा पु-याउने प्रतिबद्धता ब्यक्त गरे।

 विना कारण तीन जना पत्रकारलाई निस्कासन गरेको भन्दै नेपाल पत्रकार महासंघ डोटी शाखाले भदौ ३ गतेबाट आन्दोलित बनेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments