Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-27

Bagmati, Chitawan, Bharatpur, Ward 3

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–३ पुरानो सब्जिमण्डी बस्ने २४ वर्षीय सुनिल तामाङलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १० गते रातिबाट ११ गतेसम्म कुटपिट गर्दै पटकपटक बलात्कार गरी गम्भीर घाइते बनाएको भन्दै पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

बलात्कार तथा कुटपिटबाट गम्भीर घाइते भएकी पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ११ गते भरतपुर अस्पतालमा गरिएको र थप उपचारका लागि उनलाई अस्पतालमा नै भर्ना गरी उपचार भइरहेको प्रहरीले जनायो ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments