Incident Reports

यौनजन्य दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

2019-08-26

Gandaki, Tanahun, Byas, Ward 6

तनहुँ । यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् ।

वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘मुद्दा अहिले विचाराधीन अवस्थामा छ’, उनले भने, ‘मुद्दा फैसला हुन करीब ५-७ महीना लाग्न सक्छ, त्यतिञ्जेलसम्म महीनाको एक पटक तारेखमा आउनुपर्ने हुन्छ ।’

वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीया युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् ।वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुर्व्यवहार गर्दै आएको उनको जाहेरीमा उल्लेख छ ।

वडाध्यक्ष भण्डारीले नै आफूलाई स्वास्थ्य क्षेत्रमा जागिर मिलाइदिएको तर, अहिले म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, जस्ता कुरा गर्न थालेको उनको दाबी छ ।

किटानी जाहेरी परेपछि वडाध्यक्ष भण्डारी स्वयं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments