Incident Reports

लहानमा फोहर विवाद : स्थानीय र प्रहरीबीच झडप

2019-08-31

Madhes, Siraha, Lahan, Ward 4

सिरहा : लहान नगरपालिकाका मेयर मुनी साहविरुद्ध नगरवासी आन्दोलित भएका छन् । वडा नम्बर ४ वासीले त्यहाँ फालिएको फोहोरले गाउँ नै दुर्गन्धित भएको भन्दै केही समयदेखि फोहोर फाल्न रोक लगाएका थिए ।

शनिबार उनीहरूले लहान बजारमा मेयर साहविरुद्ध नारा जुलुशसहित प्रर्दशन गरेका हुन् । शुक्रबार मेयर साह कर्मचारी, प्रहरी, नगर प्रहरी र जनप्रतिनिधिको दलबलसहित वडा ४ मा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र फोहोर फाल्न जाँदा वडावासीसँग झडप भएको थियो । 

झडपमा केही स्थानीय घाइते भए । वडा ४ बाट सुरु भएका प्रर्दशन नगरको विभिन्न भाग परिक्रमा गरी पूर्व–पश्चिम लोकमार्गमा कोणसभा परिणत भएका थिए । उनीहरू मेयर साहको पुत्ला पनि जलाउन खोजेका थिए । तर, प्रहरीले आन्दोलनकारीबाट पुत्ला खोसेर लगेका थिए । ७ वर्ष अघि निर्माण गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रलाई भण्डारणको रूपमा प्रयोग गर्न थालेपछि वडावासी गत बैशाख ३१ गतेदेखि फोहोर फाल्न रोक लगाउँदै आएका छन् । 

‘फोहोरबाट मोहर’ निकाल्ने नारा दिँदै ०७१ सालमै फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो । तर, त्यहाँबाट अहिलेसम्म मल निकाल्ने काम भएको छैन । वडावासी कसैलाई रोजगारी पनि दिएको छैनन् । 

फोहोर मात्रै भण्डारण हुँदै आएको थियो । बजारको फोहोर लगेर व्यवस्थापन केन्द्रमा जथाभावी फाल्दा दिनदिनै दुर्गन्ध बढेपछि वडावासीले अवरोध गरेको स्थानीय जितेन्द्र महतोले बताए । ‘पहिले कहिलेकाहीँ फोहोरलाई खाल्डो खनेर गाड्ने गर्थे’, उनले भने, ‘दुई वर्षयता त्यतिकै फाल्न थालेको थियो । वस्ती नजिकै फोहोर थुपारिएपछि दुर्गन्धले बस्न मुस्किल भएको थियो ।’

फोहोर व्यवस्थापन विषयमा नगर र वडाको विवाद भएपछि जेठमा अदालतमा मुद्दा परेका छन् । मुद्दा पेशीमै रहेकाबेला शुक्रबार मेयर साहले दलबलसहित फोहोर लिएर फाल्न पुगेका थिए । ‘हामी अदालतको फैसला कुर्दै छौँ । अदालतले फोहोर फाल्न आदेश दिए । हामी रोक्दैनौँ’, वडा सदस्य उर्मिलादेवी दासले भनिन,‘तर, मेयरले बल प्रयोग गरेर फोहोर फाल्न आएका थिए ।’ प्रहरीको कुटाईबाट आफूसहित महिलाहरू घाइते भएको उनले सुनाइन् । 

प्रहरीले बल नगरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले दाबी गरे । ‘दुवै पक्षबीच झडप नहोस् भनी सुरक्षा प्रदान गरेका थियौँ’, उनले भने, ‘ढुंगामुढा हुनथालेपछि भीड हटायौँ ।’ 

यता, मेयर साहले फोहोर रोक लगाउने राजनीति भएको बताए । ‘सात वर्ष अघिदेखि फालिँदै आएको फोहोर एक्कासी केही व्यक्तिले रोक्न खोजेको छ’, उनले भने, ‘नगरपालिकाको फोहोर त्यहाँ नफाले कहाँ फाल्ने ?’ समस्या समाधान गर्न पहल भइरहेको उनले बताए । 

वडा र नगरको विवादले बजारमै फोहोर थुप्रिन थालेका छन् । बजार दुर्गन्धित बन्दै गएको छ । वडा नम्बर १ मा पर्ने गुदरी बजार, वडा नम्बर ५ मा पर्ने साप्ताहिक हाटबजार, सवारी साधन पार्किङ्ग स्थल र सडक व्यापार हुने ठाउँहरूमा बढी फोहोरका डंगुरहरू छन् । नगरपालिकाका २४ वटै वडामा एक–एकजनाका दरले २४ जना र बजार क्षेत्रमा दैनिक ४० जना गरी ६४ जना कर्मचारी फोहोरमैला व्यवस्थापनका लागि खटिँदै आएका छन् । कर्मचारीको तलब, भत्ता र सरसफाईको जनचेतना जगाउने कार्यमा मात्रै नगरपालिकाको वार्षिक रूपमा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments