Incident Reports

दर खाने दिन नगरसभा बैठक राखेको भन्दै बहिस्कार

2019-09-02

Madhes, Bara, Nijgadh

बारा : निजगढ नगरपालिकाको चौथो नगरसभाको अन्तिम बैठक नेकपाबाट निर्वाचिन जनप्रतिनिधिले बहिस्कार गरेका छन्। मेयर सुरेशकुमार खनालले सल्लाह नै नगरी दर खाने दिन बैठक राखेर महिलाको अपमान गरेको भन्दै नगरसभा बहिस्कार गरिएको उपमेयर लिलादेवी लामिछानेले बताइन्। मेयर खनालले बिहान ११ बजेलाई कार्यपालिका बैठक र दिउँसो १ बजे नगरसभा बैठक आयोजना गरेका थिए।

वडा नं. २ का अध्यक्ष केशव ढोडारीले आइतबारको बैठकका लागि शनिबार मात्र मोबाइलमा म्यासेज आएको बताए। ‘सामान्यतया बैठकका लागि तीन दिनअघि र सभाका लागि एक हप्ताअघिबाट प्रस्तावसहित खबर दिनुपर्ने हुन्छ,’ अध्यक्ष ढोडारीले भने, ‘एक दिनअघि मात्र सूचना दिएर मनोमानी ढंगबाट बैठक आयोजना गरिँदै आइएको छ।’ एकलौटी गरेको आरोप असन्तुष्ट जनप्रतिनिधिले नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित मेयर खनालले एकलौटी र अपादर्शी ढंगबाट गलत निर्णय लाद्न खोज्ने चेस्टा गरेको आरोपसहित विज्ञप्ति जारी गरेको छ।

उनीहरूले मेयर खनालको रवैयाले नगरपालिका कमजोर बन्दै गएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै ६ बुँदामा असहमति जनाउँदै विज्ञप्ति निकालेका हुन्। विज्ञप्तिमा कार्यपालिकाको सहमतिविना एकलौटी ढंगबाटले नगरसभा बैठक राखेको र बैठक तीजको दरखाने दिने राखेर महिलालाई अप्ठेरो पार्नेगरी बोलाई महिलालाई अपमान गरिएको उल्लेख गरिएको छ। त्यसैगरी, नगरपालिकाभित्रका विषयगत समितिलाई भूमिकाविहीन बनाएको आरोप लगाइएको छ। एक पक्षीय ढंगबाट आफू अध्यक्ष हुने गरी कानुनको मस्यौदा तयार गरेको र आफ्नो नेतृत्व नभएर कानुन निर्माण नै गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ।

नगरपालिकालाई मेयरमुखी दंगबाट प्रचारबाजी गर्ने गरेको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नगरपालिकाको सुशासन कमजोर हुँदै गएको र स्थानीय समुदायलाई दिनुपर्ने सेवा छिटो छरितो र प्रभावकारी हुन नसकेको विज्ञप्तिमा जनाइएको छ। उपमेयर खनाल नेतृत्वमा वडा अध्यक्ष, कार्यपालिका सदरस्य प्रेस विज्ञप्ति बोकेर नगरपालिका पुगेर मेयर खनाललाई बाचन गरेर बुझाएका थिए। आरोप झुट हो : मेयर विज्ञप्ति बुझेपछि पत्रकारसँग कुरा गर्दै मेयर खनालले सबै आरोप झुट भएको प्रतिकृया दिएका छन्। उनले आरोप प्रमाणित गर्नसमेत चुनौति दिएका छन्। नगरसभा बैठकको विषयमा उनले महिला जनप्रतिनिधिलाई दर खुवाउने गरि तयारी भएको जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments