Incident Reports

जंगलमा तीन थान भरुवा बन्दुक भेटियो

2019-09-02

Province 1, Morang, Sundarharaicha, Ward 5

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर पाँचमा प्रहरीले तीननाल भरुवा बन्दुक फेला परेको छ । स्थानीय नमुना सामुदायिक वन भित्र सोमबार बिहान फेला परेका तीनवटै बन्दुकलोड गरेको अवस्थामा भेटिएको हो।

प्रहरीको गस्ती टोलीले बेबारिसे अवस्थामा रुखको टोड्का भित्र लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी राजकुमार खिउँजुले जानकारी दिए। उनले तीनवटै बन्दुक प्रहरीले बरामद गरेको बताए । 

बन्दुक कसले किन, राखेको र कसको हो भन्ने खुलि नसकेको प्रहरीले जनाएको छ । खिँउजुले अवैध रुपमा वन्यजन्तुको चोरी सिकारी गर्ने समूह प्रहरी आएको थाहा पाएपछि रुखको टोड्कामा बन्दुक लुकाएर भागेको हुन सक्ने बताए। घटनाको अनुसन्धान सुरु गरिरहेको डीएसपी खिउँजुले जानकारी दिए। मोरङको सुन्दरहरैंचानगरपालिका–५ स्थित नमुना सामुदायिक वनबाट बरामद बन्दुक ।

National/Online Media , Local Newspaper - Morang

0 Comments