Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-09-07

Madhes, Parsa, Thori, Ward 5

पर्सा, २१ भदौ  ठोरी गाउँपालिका-५ बस्ने २३ वर्षीय दिपेश पाख्रिनलाई भरुवा बन्दुक १ थान, सो बन्दुकमा लाग्ने कारतुस १ थान र ६ वटा रडको स-साना टुक्रा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरीले ठोरी गाउँपालिका-५ ओरिया पुलमा उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments