Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-02

Sudurpashchim, Darchula, Naugad, Ward 4

७५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा नौगाड गाउँपालिका–४ का २८ वर्षीय नरेशसिंह ठगुन्ना र २३ वर्षीय लालसिंह धामीलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले भदौ १६ गते आफूमाथि बलात्कार भएको भन्दै भदौ १९ गते प्रहरीमा उजुरी दिएपछि आरोपितद्वयलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर प्रेम खड्काले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १९ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको इन्स्पेक्टर खड्काले बताए ।

नरेन्द्रसिंह कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments