Incident Reports

एसिड प्रहार घटनाबिरुद्ध बेग्लाबेग्लै प्रदर्शन

2019-09-07

Madhes, Parsa, Birgunj, Ward 2

वीरगन्ज– वीरगज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा वीरगन्ज २ छप्कैया घर भएकी १५ बर्षीय मुस्कान खातुनमाथि शुक्रवार एकाबिहानै भएको एसिड प्रहारको घट्नाले वीरगन्जलाई तरंगित बनाएको छ। किशोरी र महिलाहरुको सुरक्षालाई लिएर समाजिक संजाल मात्र भरिएको छैन शनिवार वीरगन्जमा सयौं युवा तथा महिला पुरुषले सडकमा प्रदर्शन गरे।

उनीहरुले पीडकमाथि गम्भीरतापूर्वक कारवाहीको माग दोहोर्याएका छन्। प्रहरीलाई दबावमात्र दिएका छैनन उनीहरुले किशोरी र महिलाहरुको सुरक्षाका लागि चेतनामुलक सन्देशसमेत प्रवाह गरेका छन्। ‘यो र्यालीमा देखिएको सहभागिता स्वतःस्फूर्त हो, छोरीचेलीहरु कुनै पनि बहानामा असुरक्षित हुनुहुँदैन र उनीहरु उपर हुने यस्ता अपराधिक घट्नामा कानुनी कारवाही कडा रुपमा होस भन्न चाहेका छौं’, र्यालीमा सहभागि युवा नेता तबरेज अहमदले भने, ‘कसै कसैलाई लाग्न सक्छ समाजिक संजालमा फोटो हाल्न यो भीड जम्मा भएको छ। हो, सशक्त माध्यमको रुपमा रहेको समाजिक संजाललाई समेत हामी सचेतना र दबावका लागि प्रयोग गर्ने छौं, एउटा मात्र उद्देश्य हो हाम्रा छोरीचेली सुरक्षित होउन।’

प्रध्यापक एवम समाजिक अभियन्ता शुष्मा द्विवेदी तिवारीले मुस्कानमाथि भएको घट्नाले छोरीका बाबुआमा रहेका शहरका अरु अभिभावक समेत चिन्तित बनेको बताइन्। महिलाले सुरक्षाको प्रत्याभूति गर्न नसकेको उनको भनाई थियो। महिला नेता मनिका सिंह, रम्भा मिश्रा लगायतले घट्नाको निन्दा गरे। विभिन्न समूहमा आएका युवाहरुले वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेका छन्। उनीहरुले हातहातमा बिभिन्न नारा लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए। एसिड आक्रमणको शिकार भएकी मुस्कानको स्वास्थ्यलाभको कामना, दोषीउपर कारवाही र महिला तथा चेलीबेटीको सुरक्षाका नाराहरु त्यसमा सामेल थिए। प्रहरीका अनुसार मुस्कानमाथि विद्यालय जाने क्रममा दुई जना युवाहरुले मेनरोडदेखि गणेशमान चौकतिर जाने गल्लीमा एसिड प्रहार गरेका थिए। 

एसिड प्रहारले छात्राको मुखदेखिमुनि शरीरको दाहिने भागतिर मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भएको छ। शुक्रवार नै कीर्तिपुरको ‘बर्न हस्पीटल’ मा थप उपचारका लागि पीडित किशोरीलाई लगिएको छ। उपचारको क्रममा सघाइरहेका पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवले आइतवार चिकित्सकले मुस्कानको शरीरको जलेको भागको शल्यक्रिया गर्ने जनाएको बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments