Incident Reports

दाइजो नल्याएको भन्दै घरेलु हिंसा, पीडितद्वारा प्रहरीमा उजुरी

2019-09-03

Madhes, Bara, Simraungadh, Ward 1

सिम्रोनगढ नगरपालिका–१ की २२ वर्षीया रम्भा कुशवाहालाई दाइजो नल्याएको भन्दै घरपरिवारका सदस्यले भदौ १८ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ २१ गते उजुरी दिएकी छन् । 

सिम्रोनगढ नगरपालिका–१ खजानी निवासी ६५ वर्षीय ससुरा धर्मदेव महतो, ५५ वर्षीया सासू पर्वतीया देवी, ३५ वर्षीय पति प्रधुमन कुशवाहा, २५ वर्षीय देवर लवकुशकुमार कुशवाहा, ४५ वर्षीय जेठाजु अजयकुमार कुशवाहा, ३५ वर्षीय छिमेकी बुनीलाल राम र ३५ वर्षीय जेठाजु दिलबन्धुप्रसाद कुशवाहालाई फौजदारी संहिता ऐन २०७४ र ऐन २०६६ अनुसार कारवाही गर्न पीडित महिलाले माग गरेकी छन् ।

मिति २०७६ भदौ १८ गते बेलुका सात बजेको समयमा नयाँ बजार अमृतगंज खजानी नजिकमा बिपक्षी ससुरा धर्मदेव महतो लगायतले कोदालोको विडले कुटपिट गरी पिडा दिएको आरोप रहेको छ ।

अनुहार, ढाड, गर्दन र शरीरको विभिन्न अङ्गमा चोटपटक लागेकाले पीडित महिलाको उपचार भदौ २१ गते कलैया अस्पतालमा गरिएको छ ।

दाइजो नल्याएको र अनुहार नराम्रो भएको भनी पतिले चारवर्ष देखि कुटपिट गरी घरेलु हिंसा गर्दै आएको रम्भाले बताइन् । माइतीहरू भेट्न आउँदा भेट्न नदिएको, दिनभर काम गराउने तर खाना खानसमेत नदिने गरेको पीडितले गुनासो गरिन् ।

पीडित पक्षले भदौ १९ गते बिहान ६ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढमा उजरी लिएर गएकोमा प्रहरीले उजुरी दर्ता नगरेकाले सोही दिन जिल्ला हुलाक कार्यालय बाराको रसिद नं ४३४०२५१ मार्फत उजुरी पठाएको सलेमपुर निवासी ४५ वर्षीय रामप्रसाद महतो कोइरीले बताए । 

इलाका प्रहरी कार्यालय सिम्रौनगढका इन्स्पेक्टर अपूर्व ढुङ्गानाले घटनाका विषयमा अनुसन्धान भइरहेको र केही विषय खुलिसकेको र केही खुल्न बाँकी रहेकाले चार दिनपछि अनुसन्धान सकिने बताए ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Bara

0 Comments