Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-08-15

Lumbini, Rupandehi, Tillotama, Ward 7

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नपा-७ का २४ वर्षीय मिलन खत्रीविरूद्ध पीडित युवतीले भदौ २२ गते उजुरी दिएकी छन् ।

पीडित युवतीलाई आरोपितले साउन २९ गते चिसो खाउँ भनी चिसोमा नसालु पदार्थ मिसाएर खुवाई लठ्ठ गराएर धम्की दिँदै बलात्कार गरेको भनी पीडितले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएकी हुन् ।

पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २२ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments