Incident Reports

परीक्षा केन्द्रको पूर्ण सूचना नदिएको आरोप, प्रधानाध्यापक र लेखापाल कार्यकक्षमा नै थुनिए

2019-09-09

Province 1, Okhaldhunga, Siddhicharan, Ward 10

भदौ २२ गते सञ्चालन भएको कक्षा १२ को ग्रेड बृद्धि (मौका परीक्षा) परीक्षाको परीक्षा केन्द्रको पूर्ण सूचना नदिएको आरोपमा सिद्धचिरण नगरपालिका-१० मा रहेको पुण्यमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक खडानन्द खतिवडा र लेखापाल नरेन्द्र धमलालाई विद्यार्थीहरूले भदौ २३ गते कार्यकक्षमा ६ घण्टा थुनेका छन् ।

पीडितद्वयलाई प्रहरीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजीव श्रेष्ठले बताए । पुण्यमाता माविले भदौ २२ गतेको परीक्षा सदरमुकाममा रहेको सगरमाथा माविमा हुने सूचना प्रवाह गरेको थियो । तर, परीक्षा रूम्जाटारमा भएपछि ११ जना परीक्षार्थी एक घण्टा ढिलो गरी परीक्षा केन्द्रमा पुगेका थिए । परीक्षामा सहभागी हुन दिइए पनि एक घण्टा समय बितेकाले पूर्ण रूपमा परीक्षा दिन नपाएको गुनासो अभिभावक समक्ष गरेपछि आक्रोशित परीक्षार्थी र अभिभावकले उनीहरूलाई कार्यकक्षमा थुनेको पीडित पक्षले जनायो ।

विद्यालय प्रशासनको चरम लापरबाहीले परीक्षार्थीले पूर्ण रूपमा परीक्षा दिन नपाएको र कारबाही स्वरूप प्रधानाध्यापक र लेखापाललाई थुनेको अनेरास्ववियूका जिल्ला सदस्य सञ्जीत तामाङले बताए । विगतमा एकै केन्द्रमा परीक्षा भएपनि अहिले भने दुईतिर बनाइएको थियो । आक्रोशित विद्यार्थीहरूले बिहान १० बजेबाटै उनीहरूलाई थुनेका थिए । यसअघि जिल्लामा हुने माध्यमिक तहको मौका परीक्षाको केन्द्र सगरमाथा जनता माविमा मात्रै हुने गरेपनि यस वर्षबाट शिक्षा विकाश तथा समन्वय एकाई ओखलढुङ्गाले दुई स्थानबाट मौका परीक्षा सञ्चालन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भएको जिल्ला परीक्षा शिक्षा समितिको निर्णयले परीक्षा केन्द्र हेरफेर गरेको सूचना समयमा नपाउँदा परीक्षार्थीहरू मर्कामा परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धिचरण नगरपालिका-१० का वडाध्यक्ष दामोदर धमलाले बताए । विद्यालयको कुनै कमजोरी नभए पनि समयमा सूचना नपाउँदा विद्यार्थी समस्यामा परेको उनको भनाई छ ।परीक्षा केन्द्र हेरफेरका कारण शिक्षक थुनिएको विषयमा जिल्ला परीक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले विद्यालयको परीक्षा केन्द्र हेरफेर भएको विषयमा परीक्षार्थी तथा विद्यालय आफैँले खोज्नुपर्ने बताए ।

शिवप्रसाद ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
INSEC

0 Comments