Incident Reports

मोरङमा किशोरीमाथि बसभित्रै करणीको प्रयास,  दुई जना पक्राउ

2019-09-08

Province 1, Morang, Rangeli, Ward 9

२५ भदौ, विराटनगर । किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

धनकुटा घर भई मोरङको रंगेलीमा आफन्तकोमा बस्दै आएकी १५ वर्षीय किशोरीमाथि करणी प्रयास गरेको आरोपमा प्रहरीले ना ६ ख ९३४४ नम्बरको बसका चालक रंगेली नगरपालिका– ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीयसन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

मोरङको बेतना सिमसारबाट झापा दमककालागि बस चढेर हिँडेकी किशोरीलाई चालक र सहचालकले ललाई फलाई रंगेली–९ स्थित दोहमनासम्म ल्याएका थिए । आइतबार साझ बसभित्र किशोरीमाथि बलात्कार प्रयास भएपछि स्थानीयले चालक र सहचालकलाई नियन्त्रणमा लिएका थिए । चालक खड्काले बसको पछाडीको सीटमा करणीप्रयास गरेपछि किशोरी बाहिर भागेकी थिइन् । तर, सहचालक न्यौपानेले पुनः बसभित्र लगेर करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरीको आवाज सुनेपछि भेला भएका स्थानीयले दुईजनालाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसी घनश्याम श्रेष्ठका अनुसार दुई युवकले किशोरीलाई मापसे पनि गराएका थिए ।

उनका अनुसार वेतना सिमसार घुमफिर गरी दमक जान भन्दै किशोरी ना ६ ख ९३४४ बसमा चढेकी थिइन् । दमकमा उत्रन खोज्दा चालक र सहचालकले सँगै पथरी शनिश्चरे हुँदै रंगेली नगरपालिका–९ स्थित दोहमना हाटचौकमासम्म ल्याएका थिए ।

चालक र सहचालकलाई मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Saptari , Local Newspaper - Morang , Local Newspaper - Parsa

0 Comments