Incident Reports

विवादका कारण पर्सागढी नगरपालिकाको दोस्रो पटकको नगरसभा पनि स्थगित, नगरसभामा कुर्सी हानाहान

2019-06-28

Madhes, Parsa, Parsagadhi

पर्सागढी नगरपालिकाको नगरसभा बिवादका कारण दोस्रो पटक पनी नगरसभा स्थगित भएको छ। आसाढ १० गते नै प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रममाथी असन्तुष्टी जनाउँदै उपमेयरले बिरोध गरेपछी स्थगित भएको नगरसभा शुक्रबार पुनः आयोजना गरिएको थियो ।

आफू लगायतका केही सदस्यहरुसँग छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै उपमेयर अर्चना चौधरीले बिरोध गरेपछी १० गतेको नगरसभा स्थगित भएको थियो। आफुहरुलाई पाखा लगाएर मेयर लोकनारायण यादबले एकलौटी रुपमा निति तथा कार्यक्रम निर्माण गरेको भन्दै उपमेयरसहितका सदस्यले असन्तुष्ट जनाएपछि शुक्रबारका लागी डाकिएको नगरसभामा समेत बिरोध गर्ने देखिएपछी कडा सुरक्षा घेरामा नगरसभा आयोजना गरिएको थियो ।

आन्तरिक कारण देखाउँदै शुक्रबारको नगरसभामा पत्रकारहरुलाई समेत प्रबेश निषेध गरिएको थियो। नगर कार्यपालिका श्रोतका अनुसार शुक्रबार पनी पुरानै बिषयमा बिरोध उठेपछी सभा नै स्थगित गर्नुपरेको हो। १० गते बजेट नै सार्वजनिक नभइ सभा स्थगित भएपनी नगरपालिकाको आधिकारीक फेसबुक पेजमा निति तथा कार्यक्रम सार्वजनिक भएको भनी प्रकाशन गरिएकोमा उपमेयर चौधरीले आपत्ती जनाएकी थिईन् । 'नगरको निति तथा कार्यक्रम र प्रस्तुत गर्न लागिएको बजेटमा हाम्रो अपनी बिरोध छ ।' असन्तुष्ट एक सदस्यले भने, 'नगरपालिकाकै आधिकारीक सामाजिक सञ्जालमा उपमेयरद्वारा निति तथा कार्यक्रम प्रस्तुत भनेर सार्वजनिक गरिएको छ, र त्यो आपत्तीजनक छ।' मेयर एकलौटी रुपमा प्रस्तुत भएको भन्दै आक्रोशित सदस्यहरुले शुक्रबारको नगरसभामा कुर्सी समेत तोडफोड गरेका छन् । श्रोतका अनुसार मेयरको ज्यादती मान्य नहुने भन्दै हो-हल्ला गरेका सदस्यहरु तोडफोड मै उत्रिएका थिए । उप-मेयरसहितका सदस्यहरु नै बिरोधमा उत्रिएपछी नगरसभा दोप्रो पटक स्थगित गरी असाढ १९ गतेका लागी डाकिएको छ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments