Incident Reports

टेम्पो चालकहरु प्रद्शनमा

2019-06-30

Province 1, Morang, Biratnagar, Ward 12

शनिबार राति बिराटनगरमा कार को ठक्करबाट एक १९ वर्षिय मोटरसाईकल चालकको चालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ बरगाछी स्थित कोशीराजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा २० च ७४० नं को सेतो सिल्भर रंगको कारले सोही दिशा तर्फ जाँदै गरेको को ३५प ५६३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

कारको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१२ बस्ने १९  वर्षका शंकर कुमार मिश्रको उपचारको क्रममा बिराट नर्सिङ होममा मृत्यु भएको हो । 

स्थानीय गुण्डा नाइके भनेर चिनिने ठक्कर दिने कार चालक किरण लामा दमकका केही युवासहित विराटनगर एयरपोर्ट मोडमा बसेका थिए । लामाले हृयाजट्याग हाेटलमा मापसे गरी होटलमा मिश्रसँग विवाद हुँदा मिश्र होटलबाट निस्केपछी उनलाई पिछा गर्दै बरगाछी चोकमा मिश्रको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले दाबी गरेको छ । 

घटना घटाए फरार भएको लामाले कार भने विराटनगर महानगरपालिका–६ स्थित आफ्नै घरको कम्पाउण्डभित्र लुकाएर राखिएकाे अवस्थामा फेला पारिएकाे प्रहरीले जनाएकाे छ ।  

फरार रहेका लामालाई उनको घरमा खोज तलास गर्दा प्रहरीलाई अवरोध गरेपछि नाताले लामाको भाई पर्ने मेलिस लामा समेत पक्राउ गरेको छ ।प्रहरीले उनको कारलाई नियन्त्रणमा लिई फरार लामाको खोजीकार्य गरी रहेको जनाएको छ । 

मृतक मिश्रका बुबा एक टेम्पो चालक हुन् मिश्रको मृत्युपछी लामालाई तत्काल पक्राउ माग गर्दै स्थानिय टेम्पो चालकहरुले आईतबार दिउँसो विराटनगरको मुख्य सडक समेत केही समयकाे लागि बन्द गरेका थिए । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments