Incident Reports

उर्लाबारी नगरमा अर्को लफडा : मेयरले लगाए अधिकृतको क्‍वाटरमा ताला

2019-09-12

Province 1, Morang, Uralabari

विराटनगर : एक महिनादेखि काम कारबाही ठप्प हुँदै आएको मोरङको उर्लाबारी नगरपालिकामा फेरि अर्को लफडा भएको छ ।  प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले उर्लाबारी छाडेपछि उनको क्वार्टरमा मेयर खड्गबहादुर फागोले ताला लगाइदिएका छन् ।

नगर प्रहरी खटाएर तालाबन्दी गरिएको हो । स्रोतकाअनुसार नगर प्रमुख फागो र रेग्मीबीच बिहीबार सामान्य भनाभन भएको थियो । त्यसपछि असुरक्षित भएको भन्दै रेग्मीले उर्लाबारी छाडेका थिए । उनले मेयरबाट असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन समेत दिएका छन् । 

रेग्मी विदामा बसेका विषयलाई लिएर दुई जनाबीच विवाद भएको जनाएको छ । जिल्ला प्रशासनले रेग्मीलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरीलाई निर्देशन दिएको छ । मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले शान्ति सुरक्षाको माग गर्दै पत्र आएका कारण प्रहरीले त्यसका बारेमा अध्ययन गरिरहेको बताए । रेग्मीसँग भने सम्पर्क हुन सकेन । 

मेयर फागोले भने असुरक्षित हुने गरी कुनै व्यवहार प्रमुख प्रशासकीय अधिकृतलाई नगरिएको बताए । जानकारी नै नदिइकन रेग्मी विदामा बसेपछि यस विषयमा कुरा उठाउँदा सामान्य भनाभन भएको उनले बताए । भने, 'सामान्य कुरामा उहाँले उर्लाबारी नै छाडेका कारण क्वार्टरमा केही महत्वपूर्ण सरसामान हुन सक्ने भएकाले सुरक्षाका लागि तालाबन्दी गरिएको हो ।'

क्वार्टमा भएका सामान तलमाथि नहुन् र भोलिका दिनमा कुनै अपजस नआओस् भनेर ताला लगाइएको फागोले जानकारी फागोले दिए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments