Incident Reports

बाल दिवसमा बजेट नदिएको भन्दै विरोध प्रदर्शन, नगरपालिकालाई ज्ञापन पत्रसहित ५ रुपैयाँको सहयोग

2019-09-15

Madhes, Saptari, Rajbiraj

सप्तरी । राजविराज २९ भाद्र । मुलुकभर आइतबार विविध कार्यक्रमको आयोजना गरी बाल दिवस मनाई रहँदा राजविराज नगरपालिकाका बालबालिकाले भने नगरपालिकाले बजेट नदिएको तथा कुनै कार्यक्रम नगरेको भन्दै -यालीसहित नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय बालदिवस मनाउनका लागि नगरपालिकाले बजेट नछुटयाएपछि उनीहरुले नगरपालिका विरुद्घ चर्को नारावाजी गर्नुका साथै नगर प्रमुख शम्भु प्रसाद यादवलाई ज्ञापन पत्र सहित ५ रुपैया सहयोग समेत प्रदान गरेका छन् ।

स्थानिय शिव मन्दिरको प्राङ्गनबाट जिल्लाबाल संजाल, नगर स्तरिय बाल संजाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपाल लगायत संस्थाको संयुक्त अगुवाईमा निकालिएको बालबालिकाको जुलुस नगरपालिका विरुद्घ चर्को नारावाजी गर्दै नगरपालिकाको कार्यालयमा पुगी नगरप्रमुख यादवलाई ज्ञापन पत्रसहित ५ रुपैयाँ सहयोग समेत बुझाएका छन् ।

बालदिवस मनाउन नगरपालिकाले कुनै बजेट नछुटयाएकाले विरोध स्वरुप ५ रुपैयाँ सहयोग गरेको बाल अधिकारको लागि राष्ट्रिय अभियान नेपाल सप्तरीका सह संयोजक सौरभ यादवले बताए । उनले डेंगुरोग पनि अहिले भयावह रुपमा फैलिएपनि नगरपालिकाले नियन्त्रणका लागि पनि खासै पहल नगरेको आरोप पनि लगाए ।

बाल अधिकारको संरक्षण गर्न नगरपालिकासँग बजेट नभएकाले बालबालिकाबाट संकलित ५ रुपैयाँ सहयोग गरेको उनको भनाई छ । जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष बरदान श्रेष्ठले राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाउन नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएको गुनासो पोखे ।

उनले नगरपालिकाका सामाजिक विकास अधिकृत एवम सूचना अधिकारी मनोज यादवलाई पटक पटक गुहारेपनि बजेट नभएको भन्दै पन्छिने गरेको सुनाए । नगर प्रमुख यादवले राष्ट्रिय बाल दिवस मनाउन सहयोगका लागी बाल संजाल तथा बालक्लवहरु आएको विषय बारे आफुलाई कुनै जानकारी नभएको बताउँदै यस बारे सूचना अधिकारी यादवसँग जानकारी लिने बताए ।

उनले अगामी दिनमा राष्ट्रिय बालदिवस भव्य रुपमा मनाउन बालबालिकाले आवश्यक बजेट छुटयाउने प्रतिबद्घता पनि व्यक्त गरे । यता बाल दिवस बालबालिकाका लागि महत्वपूर्ण दिन भएको तर राजविराज नगरपालिकाले यस दिवसलाई महत्व नदिएकोमा स्थानिय बुद्घिजिवीहरुले पनि कडा आलोचना गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments