Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2019-09-17

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 4

दशरथचन्द नगरपालिका-४ शाहीलेकस्थित बिच बजारमा दशरथचन्द नगरपालिका-४ की २८ वर्षीया सुमन भट्टलाई भदौ ३१ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही दिन ३० वर्षीय दिनेशप्रसाद भट्टलाई गिरफ्तार गरेको छ ।

बिच बजारमा पतिले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित महिलाले दिएको निवेदनका आधारमा दिनेशलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । उनका अनुसार पीडित महिलाको मुख र शरीरमा निलडाम छ ।

पीडित सुमनका अनुसार यसअघि घरमा पनि पतिले पटकपटक कुटपिट र यातना दिने गरेका थिए । विगत चार वर्षदेखि आफूले घरेलु हिंसा सहिरहेको पीडित सुमनको भनाई छ । 'सधैँ कुटपिट गरिरहनुहुन्छ । अब त अति भयो । त्यसैले प्रहरीमा निवेदन दिएकी हुँ ।'-उनले भनिन् ।

पीडित महिलाको उपचार जिल्ला अस्पताल बैतडीमा गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

नरी बडु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments