Incident Reports

हातमुख बाँधेर महिलाको हत्या, घटना शंकास्पद : प्रहरी

2019-09-18

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौं । कपडाले हातमुख बाँधेर महिलाको हत्या गरिएको छ । कपन तेन्जिङ चोकमा किराना पसलसहित होटल व्यवसाय सञ्चालन गर्दै आएकी कपिलवस्तुकी ५६ वर्षीया कमला केसीको आफ्नै कोठामा हातमुख बाँधेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धले हातमुख बाँधिएको अवस्थामा शव भेटिएकाले ‘घटना शंकास्पद भएको र हत्या नै गरिएको हुन सक्ने’ आशंका गरेको छ ।

वृत्त प्रमुख एवं डीएसपी रमेशबहादुर सिंहले घटना शंकास्पद र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ‘घटना शंकास्पद छ, हातमुख बाँधिएको अवस्थामा शव भेटिएका कारण हत्या गरिएको आशंका छ,’ उनले राजधानीस“ग भने, ‘थप अनुसन्धान हुँदै छ ।’

केसीको हत्या ‘कसले र किन ग¥यो ?’ भन्नेबारे प्रहरीले सूचना पाउन सकेको छैन । तर, केही समयअघि कपिलवस्तुमै बस्दै आएका श्रीमान्सँग सम्बन्धविच्छेद भएको र उनी दोस्रो विवाह गरेर नयाँ सम्बन्धमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हाल विवाह सम्बन्धमा रहेका उनका श्रीमान् ‘को हुन् ?’ भन्नेबारे पनि प्रहरीले जानकारी पाएको छैन । मृतक केसीकी एक छोरी उनीसँगै बस्ने गरेको प्रहरीले जनाएको छ ।

बौद्ध वृत्तका डीएसपी सिंहले घटनाबारे अनुसन्धान गर्न केसी भाडामा बस्दै आएको घरमा बस्ने दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

हत्या अनुसन्धानका लागि प्रहरीले बुधबार नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकसहितको टोली लगेर शव परीक्षण गराएको छ । त्यसक्रममा मृतकको शरीरका बाहिरी भागमा कुनै चोटपटक भेटिएको छैन । प्रहरीले मृतक केसी ‘को–कोसँग फोन सम्पर्कमा थिइन् ?’ भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

यसैगरी, घरबेटीसहितका व्यक्तिसँग आवतजावत गर्नेको विषयमा सोधपुछ जारी छ । मृतक केसीले ‘हालका श्रीमान् सेनामा जागिरे रहेको’ बताएको तर त्यसबारे पुष्टि भने भइनसकेको प्रहरी भनाइ छ ।

पछिल्लो समय आफन्तबाटै आफन्तको हत्या हुने गरेको भन्दै प्रहरीले केही समयअघि तथ्यांक सार्वजनिक गरेको थियो ।

तथ्यांकले आर्थिक वर्ष २०७२÷७३ देखि २०७५÷७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि निकटका मानिससम्म गरी ६ सय ८४ जनाको हत्या भएको देखाएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments