Incident Reports

गण्डकी मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलनमा

2019-09-18

Gandaki, Kaski, Pokhara Lekhnath

काठमाडौं – गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले शिक्षाका नाममा लाखौ रुपैया अबैध असुलेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । 

आइओएमले तोकेको शूल्क भन्दा लाखौ बढी अबैध रुपमा मेडिकल कलेजहरुले असुली गरिरहेको भन्दै केही दिनदेखि चिकित्सा शिक्षा संघर्ष समितिको नाममा स्वतन्त्र विद्यार्थी युनियनले महाराजगञ्ज मेडिकल कलेजको नेतृत्वमा  चितवन मेडिकल कलेजमा आन्दोलन हुँदै आएको थियो ।

बुधबार गण्डकी मेडिकल कलेजका विद्यार्थीले र्यालि निकाली मेडिकल शिक्षाका नाममा अबैध रुपमा लिइएको लाखौ रुपैया फिर्ता गर्नु पर्ने माग गरे हुन् । 

देशै भरका मेडिकल कलेजले सरकारले तोके भन्दा १२ देखि १५ लाखभन्दा बढी असुल्ने गरेको विद्यार्थीहरुको आरोप छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments