Incident Reports

हिंसापीडित महिला न्यायका लागि प्रहरीमा

2019-08-07

Province 1, Sunsari, Barju, Ward 5

सासू र पतिको यातनापछि पीडित भएको भन्दै बर्जु गाउँपालिका–५ की २१ वर्षीया महिला २१ वर्षीया सन्तोषी मेहताले असोज २ गते प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।

दुई वर्षअघि सप्तरीको हनुमाननगर नगरपालिकामा विवाह गरेकी सन्तोषी मेहतालाई २४ वर्षीय पवन मेहता र सासू कल्पना मेहताले छोरी जन्माएको महिना नबित्दै शारीरिक यातना सहित घर निकाला गरेको भन्दै उजुरी आएको प्रहरीले जनायो ।

०७४ वैशाख २८ गते मागी विवाह गरेकी सन्तोषीलाई सासूसहित पतिले यातना दिने र गर्भवती भएको समयमा समेत कुटपिट गरेको र छोरी पाएपछि थप शारीरिक यातना दिएकाले डेढ महिनाकी छोरीसहित न्यायका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीसम्म आइपुगेकी बताएकी छन् ।

उनले आफ्नो कोखबाट साउन १५ गते छोरी लक्ष्मी मेहता जन्माएको र त्यसको हप्ता दिन नबित्दै घर निकाला गरेकाले माइतीघरमा बस्दै आएको बताइन् ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments