Incident Reports

जनप्रतिनिधिले नै लगाए गाउँपालिकाको कार्यालयमा ताला

2019-09-22

Lumbini, Bardiya, Geruwa

राजापुर- विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।

गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आइतबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्यविधिलगायतका ऐन निर्माणमा एकलौटी रुपमा थाहा नदिई पास गरेको उनीहरुको आरोप छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीको सेवा सुविधा अनावश्यक रुपमा थप गरिएको, शिक्षक निर्देशिका विपरीत अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षकको विज्ञापन गरिएको भन्दै उनीहरुले तालाबन्दी गरेको बताइएको छ ।

त्यसैगरी शिक्षकको विज्ञापन शिक्षा सेवा आयोगले लिने शिक्षक अनुमतिपत्रको परीक्षासँग जुधेको हुँदा परीक्षा स्थगित गरी र तत्काल शिक्षक तथा विद्यार्थीको अनुपातमा शिक्षक मिलान गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाहसमेत नगरी कर्तव्य र मर्यादा विपरीतको काम गरेको आरोप लगाए ।

गाउँसभाले जनाताका चाहना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेकाले जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नसुहाउने उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments