Incident Reports

बालिकामाथि ‘बलात्कार प्रयास’ गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

2019-09-19

Karnali, Rukum West, Sani Bheri, Ward 1

रुकुम– रुकुम पश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् ।

घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको उजुरी परेपछि पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

खड्काका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई पक्राउ गरिएको हो ।

पुनमाथि जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments