Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-09-30

Gandaki, Gorkha, Gorkha, Ward 6

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पालुङटार नपा–४ का ४२ वर्षीय प्रकाश न्यौपानेलाई असोज १४ गते गिरफ्तार गरको छ ।

गोरखा नपा–६ मा रहेको एक होटलमा बास बसेका न्यौपानेले असोज १३ गते राति १२ बजे युवती सुतिरहेको कोठाको झ्यालको जाली निकालेर बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडित युवतीले असोज १४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी मित्रबन्धु शर्माले बताए ।

पीडित युवतीको मौखिक उजुरीका आधारमा आरोपित न्यौपानेलाई तत्कालै गिरफ्तार गरेर अनुसन्धान गरिरहेको डिएसपी शर्माले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज १४ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments