Incident Reports

एनआरएनको चुनावमा अष्ट्रेलियाबाट आएका रमेश थापा अध्यागमनको हिरासतमा

2019-10-13

Bagmati, Kathmandu, Kathmandu

गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका रमेश थापालाई अध्यागमन विभागले पक्राउ गरेको छ।

आइतबार राति क्याथेक ड्रागन एयरलाइन्सबाट काठमाडौं आएका थापालाई अध्यागमन डेस्कमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार तोडफोडबाट अध्यागमन डेस्कको सिसा फुटेको छ। अध्यागमन विभागमा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा विलम्ब भएको भन्दै थापाले डेस्कको सिसा फुटाएका थिए।

थापासमेत पाँच जना गैरआवासीय नेपाली आएकामा थापालाई विभागले पक्राउ गरेको हो। उनलाई अध्यागमनकै हिरासतमा राखेर अनुसन्धान थालिएको पौडेलले बताए।

पौडेलका अनुसार घटनालगत्तै थापालाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको थियो। भोलिपल्ट अध्यागमनमै फिर्ता गराउने आदेशअनुसार एक दिन गौशाला वृत्तमा थापालाई राखिएको वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीप सिंहले बताए।

सोमबार थापालाई अध्यागमनकै जिम्मा लगाइएको छ। अध्यागमनले कानुनअनुसार कारबाही थाल्ने जनाएको छ। ‘तोडफोड गरेपछि उहाँलाई नियन्त्रणमा राखिएको हो, सोधपुछ र अनुसन्धानका लागि केही समय राख्न पाइन्छ,’ अध्यागमन प्रमुख पौडेलले सेतोपाटीसँग भने।

थापालाई सार्वजनिक सम्पत्ति तोडफोड तथा अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको पौडेलले बताए। ‘आवश्यक कारबाहीको लागि मंगलबार बेलुकासम्म उहाँलाई प्रहरीको जिम्मा लगाइने छ,’ पौडेलले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments