Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-10-17

Bagmati, Makawanpur, Kailash, Ward 5

मकवानपुर, ३० असोज     कैलाश गाउँपालिका-५ थानेडाँडा बस्ने ५६ वर्षीय राम बहादुर मोक्तानलाई भरुवा बन्दुक १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई  पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments