Incident Reports

किशोरीको शव फेला

2019-10-15

Gandaki, Parbat, Jaljala

(पर्वत) — झन्डै दुई महिनाअघि माइती पक्षको सहमतिबिना बिहे गरेकी १७ वर्षीया किशोरी मृत फेला परेकी छन् । कालीगण्डकी किनारमा मंगलबार साँझ जलजला गाउँपालिका–५ लेकफाँटकी बिजु जीसीको शव भेटिएको हो । 

  उनी डेकबहादुर र कमला जीसीकी एक्ली छोरी हुन् । बिजुको बागलुङ नगरपालिका–३ गुठीका ३४ वर्षीय असीम खड्कासँग बिहे भएको थियो । स्थानीय नवीन जीसीका अनुसार खड्काका आफन्त भदौ १ गते बिजुको हात माग्न गएका थिए । आमा कमलाले बाबु वैदेशिक रोजगारीमा रहेको र छोरीको उमेर नपुगेको भन्दै प्रस्ताव इन्कार गरिन् । उनी शिक्षिका हुन् । बिजु पोखरामा बसेर पढ्थिन् ।

भदौ ३ गते कमला विद्यालय गएको मौका छोपी खड्का परिवारले घरमा एक्लै रहेकी बिजुलाई फकाई–फुल्याई लगेर बिहे गराइदिएको काका तिलक जीसीले बताए । जलजला–५ का वडाध्यक्षसमेत रहेका जीसीले तत्कालै बालविवाहविरुद्धको कसुरमा मुद्दा दर्ताको तयारीसमेत गरेका थिए । ‘पारिवारिक अवस्था राम्रै छ । विवाह भइसकेकी छोरीको भविष्य नबिगारौं भन्ने सबैको सल्लाह भयो,’ उनले कान्तिपुरसित भने, ‘उति बेला राम्रो होला भनेर पछि हट्यौं । अहिले यो दुर्दशा भयो ।’

विवाहको एक सातादेखि नै छोरीले आफू घरेलु हिंसामा परेको भनी सुनाउने गरेको आमा कमलाले बताइन् । ‘सुरुदेखि नै दाइजो नल्याएको भन्दै मानसिक टर्चर दिने गरेको छोरीले सुनाउँथी,’ उनले भनिन्, ‘बिस्तारै ठीक हुँदै जान्छ भनेर घर बिगार्न खोजिनँ । यो अवस्था आउँछ भन्ने लागेको भए किन छोड्थें र ?’ छोरीलाई ल्याउन खोज्दा घर पक्षले नदिएको उनले बताइन् । दुई साताअघि बागलुङ बस्ने छिमेकीमार्फत ५ हजार रुपैयाँ पठाएर छोरीलाई सुरक्षित स्थानमा जान सुझाएको कमलाले बताइन् । बिजु असोज १७ देखि हराएको माइतीले जनाएका छन् । घर पक्षले भने असोज १८ गते बागलुङ प्रहरीमा महिला हराएको सूचना दिएको छ । पति असीमले दिएको जाहेरीमा हराएको मिति ०७६ असार १६ र उमेर २० वर्ष उल्लेख छ । हराएको भनिएको मिति बिहे भएको भन्दा दुई महिनाअघि हो । जाहेरीमा किशोरीको उमेर र मिति फरक पार्नुले घटना रहस्यमय रहेको माइतीको आरोप छ । माइती पक्षले बिजुको हत्या भएको दाबी गरेको छ । आमा कमला र हजुरबुबा फौजबहादुरले बिहीबार असीमविरुद्ध हत्या, अपहरण र जबर्जस्ती करणीमा उजुरी दर्ता गराएका छन् । प्रहरीले घटनामाथि अनुसन्धान भइरहेको जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments