Incident Reports

अपांग महिलालाई करणी गरेको अरोपमा प्रहरी चौकी इञ्चार्ज नै हिरासतमा

2019-10-12

Province 1, Sunsari, Dharan, Ward 4

धरान– शान्ति सुरक्षाको लागि धरान ४, पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीको इञ्चार्जको रुपमा खटिएका नेपाल प्रहरीका एक असई आफै करणीको आरोपमा प्रहरी हिरासतमा पुगेका छन्।

स्थानीय एक बोल्न नसक्ने अपांग एवं एकल महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा चौकी इञ्चार्ज तथा असई पिताम्बर अधिकारी प्रहरी नियन्त्रणमा पुगेका हुन्। अनैतिक एवं अवाञ्छित क्रियाकलाप गरेको आरोपमा असई अधिकारीलाई इलाका प्रहरी कार्यालय धरानले बिहीबार कार्यालय तानेको थियो। शुक्रबार पीडित महिलाले किटानीसहित ठाडो निवेदन दिएपछि कार्यालयले असई अधिकारीलाई हिरासतमा राखेको छ। पीडितको निवेदन परेपछि कार्यालयले शनिबार बिहान वडा नं ४ मा गएर जनप्रतिनिधिको रोहबरमा मुचुल्कासमेत उठाएको थियो।

इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हेमराज ओलीले असई अधिकारीविरुद्ध किटानी जाहेरी परेकोले हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको बताए। साथै, आरोपित असईलाई निलम्बनको प्रक्रिया पनि शुरु भइसकेको उनले बताए। ‘किटानी जाहेरी आएको छ, उनलाई हिरासतमा लिएर अनुसन्धान शुरु गरिसकेका छांै’, निरीक्षक वलीले भने, ‘निलम्बनको प्रक्रिया पनि शुरु भइसकेको छ, आइतबार म्याद थप गरेपछि स्वतः निलम्बन हुन्छ।’

वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङका अनुसार घटना असोज २५ गतेको हो। घटना पछि ती पीडित महिला रुँदै स्थानीय राजकुमार बिकको घरमा पुगेकी थिइन्। सोही घटनापछि असई अधिकारीलाई इलाका प्रहरी कार्यालयले तानेको थियो। पीडित महिलाको जेठा छोरा विवाह गरी भारतको सिमलामा छन् भने छोरीहरु पनि विवाह गरेर गइसकेका छन्। उनी ९, १० बर्षको कान्छा छोराको साथमा बस्ने गरेको वडा सदस्य कुलुङले बताए।

स्थानीयका अनुसार असई अधिकारीले स्थानीयलाई धेरै दुःख दिएका थिए। उनी मदिरा अत्यधिक पिउँथे भने स्थानीयलाई खसी, मासु, रक्सीलगायत किन्न लगाएर सताउने गर्थे। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments