Incident Reports

नियुक्तिलाई लिएर त्रिवि रजिस्ट्रार कार्यालयमा तालाबन्दी

2019-10-25

Bagmati, Kathmandu, Kirtipur

काठमाडौं – त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले तय गरेको सिद्धान्तविपरीत जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले अनुचित ढंगले विभागीय प्रमुख नियुक्त गरेको भन्दै आन्दोलन थालेका हुन्।

त्रिवि पदाधिकारी बैठकले रिक्त हुन आएका विभाग र क्याम्पसमा निमित्त प्रमुखका रूपमा कार्यरतलाई नै निरन्तरता दिने सिद्धान्तविपरीत जनप्रशासन केन्द्रीय विभागमा जुनियरलाई प्रमुख बनाएको आन्दोलनरत विद्यार्थीले आरोप लगाएका छन्।

विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएकाले आन्दोलनमा उत्रनु परेको नेविसंघ जनप्रशासन क्याम्पस इकाई अध्यक्ष सुदीप श्रेष्ठले बताए। माग सुनुवाई नभए उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरिने बताउँदै श्रेष्ठले वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने बताए।

एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments