Incident Reports

भरुवा बन्दुक र मरेका कालिज सहित पक्राउ

2019-10-27

Bagmati, Kathmandu, Shankharapur, Ward 1

शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ३३ वर्षीय जिवन बहादुर तामाङ र २४ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् ।महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक, मरेको कालिज ३ वटा, खुकुरी १ थान, टर्चलाईट ५ थान र बारुद तथा कच्चापदार्थ अन्दाजी २ सय ग्राम सहित फेला पारी पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments